Breaking News

विद्युत कार्यालयमै जाँडपाटी गरेका कर्मचारीको फोटा खिच्दा नारायणी अनलाइनका सम्पादकमाथि सांघातिक आक्रमण

Banner

चितवन, असार ३२–

नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि सांघातिक आक्रमण भएको छ । शुक्रबार अपरान्ह नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका रक्सीले मातेका कर्मचारीहरुले कार्यालय परिसर भित्र सम्पादक आचार्यमाथि सांघातिक आक्रमण गरेका हुन् ।

शुक्रबार अपरान्ह कार्यालय भित्रै जाँडपार्टी गरिरहेको खबर पाएपछि सम्पादक आचार्य समाचार संकलनका लागि अपरान्ह कार्यालय परिसर भित्र प्रवेश गरेका थिए । सोही बेला जाँडमा मातेका कर्मचारीहरुले जाँड खाएको फोटो किन खिचेको भन्दै सम्पादक आचार्यमाथि आक्रमणमा उत्रिएका थिए । ५÷७ जनाको एक समूहले आक्रमण गर्न थालेपछि पर्खाल नाघेर ज्यान जोगाउन सफल भएको सम्पादक आचार्यले बताउनुभयो । ती कर्मचारीहरुले आक्रमण गरेर सबै कपडा च्याति दिएका छन् ।
कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’ सबै कर्मचारी रक्सीको मातमा रहेका कारण कसैले पनि अक्रमण र दुव्र्यवहारको विरोधमा नबोलेको आचार्यले बताउनुभयो ।

कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म लखटेका थिए । आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताउनुभयो । सम्पादक आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ । घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो । सम्पादक आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ ।

कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिनुभएको छ ।

यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् । उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् । कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>