Breaking News

महालेखाले भन्योः भरतपुर महानगरले रंगशालालाई दिएको रकममा अनियमितता, गैह्रसरकारी संस्थालाई करोडौं रकम दिन मिल्दैन

०
Banner

 

चितवन, असार ३१–

भरतपुर महानगरपालिकाले नियम विपरीत गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि रकम भुक्तानी गरेको पाईएको छ ।

सार्वजनिक खरिद ऐन विपरीत महानगरले रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले रु.२० लाख भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य बोलपत्रको माध्यमद्धारा खरिद गर्नुपर्ने व्यवस्था छ । तर भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न एक गैरसरकारी संस्थालाई रु.८ करोड ५ लाख भुक्तानी गरेकोमा खर्च तथा प्रगति स्थिति सम्बन्धमा अनुगमन समेत नगरेको देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा उल्लेख भए अनुसार लागत अनुमान मध्येको ८५ प्रतिशत कार्य भएको र बाँकी कार्य गर्न ४ करोड ९० लाख स्रोत अभाव भएको उल्लेख छ ।

महालेखाले महानगरको लगानी, रंगशालाको निर्माण र राष्ट्रिय खेलकुद परिषद्को मापदण्डलाई मध्यनजर गरेर निर्माण सम्पन्न गर्ने, स्वामित्व प्राप्ती र प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव समेत दिएको छ । भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले आर्थिक अभावमा अलपत्र परेको छ । अहिले रंगशालाको फलाम छडमा खिया लाग्ने अवस्था पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>