Breaking News

एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो, अब २० लाख डोज फाल्ने तयारी छ

Banner

काठमाडौं, असार ३१-

एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ ।

एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो । उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख डोज खेर गएको र अब चाँडै २० लाख खोप म्याद सकिएर फाल्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

‘कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ । पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ । प्रम शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून छ । तेस्रो मात्रा (अतिरिक्त डोज) खोप प्राप्त गर्नेको संख्या २० प्रतिशतको हाराहारी मात्र छ । कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतको जिल्लाहरुमा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप पाएका छैनन् ।’

एमालेले स्वास्थ्य क्षेत्रमा सरकार प्रथम दृष्टिमै असफल भएको जनाएको छ । ‘गत आ।व।मा स्वास्थ्य क्षेत्रमा रु. १५१ अर्व बजेट विनियोजन गरेकोमा आ.व. २०७९/८० मा १२३ अर्वमा सीमित गरिएको छ । यो गत आ.व.को तुलनामा लगभग १९ प्रतिशत कमी हो । बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा कति उदासीन छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ । प्रथम दृष्टिमै स्वास्थ्य क्षेत्रमा सरकार असफल छ भन्ने कुराको प्रमाण हो,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>