मनोरञ्जन

गायक सुधन गैरे र मेलिना राईको म्युजिक भिडियो ‘अम्रिका’ सार्वजनिक

Banner

काठमाडौं, असार ३०-

गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द दिग्गज धौराली रहेको छ भने संगीत सुवास भुसालको रहेको छ । गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।

प्रेमिल शैली यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । पवन सुस्लिङले छायांकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’ मार्फत सार्वजनिक भएको हो । गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ’सानी’ बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन् । डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित यस म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>