चितवन विशेष

नारायणगढको मिलनरोड झलमल्ल, साँझको समयमा बल्छ आकर्षक लाइट

Banner

चितवन, असार ३०–

साँझपख नारायणगढको मिलनरोड पुग्नु भएको छ ? बुधबार साँझदेखि त्यहाँ पुग्नु भएको छैन भने अहिले नयाँपनको आभाष गर्न सक्नुहुनेछ । बुधबार साँझदेखि मिलन रोड क्षेत्रमा राखिएको आकर्षक एलइडी लाइटले सबैलाई मोहित बनाउँछ ।

भरतपुर–१ वडा कार्यालयको आर्थिक सहयोगमा मिलनरोड टोल विकास संस्थाले टोल क्षेत्रका सबै विजुलीका पोलहरुमा आकर्षक लाइट राखेको छ । हरियो, गोल्डेन कलरका लाइटहरुले बजार क्षेत्रलाई आकर्षक बनाएको छ । टोलका अध्यक्ष चित्रबहादुर खाँतीले वडा कार्यालयको आर्थिक सहयोगमा बजारलाई आकर्षक बनाउन एलइडी लाइट राखिएको बताए ।

सो लाइटको बुधबार साँझ वडा अध्यक्ष केशव महर्जनले स्वीच थिचेर उद्घाटन गरे । सो क्रममा बोल्दै उनले यस लाइटले बजारको शोभा बढाउने बताए । उनले यसको सिको अन्य बजार क्षेत्रले गर्न सक्ने उनको भनाई थियो । उनले यस रोडमा पार्किङको समस्या देखिएको भन्दै त्यसको दिर्घकालिन समस्या समाधानका लागि कोशिस भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>