Uncategorized

वीरेन्द्र क्याम्पसमा गुरु पूर्णिमा र भानु जयन्तीको विशेष कार्यक्रम

Banner

भरतपुर,असार ३०-

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह समाजशास्त्र तथा अंग्रेजी चौथो सेमेष्टरको संयुक्त आयोजनामा गुरु पूर्णिमा तथा भानु जयन्ती मनाइएको छ ।

विद्यार्थी सिर्जना पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रध्यापक दयाराम पौडेल रहनुभएको थियो । यस्तै विशिष्ट अतिथि अंग्रेजी विभाग प्रमुख प्रध्यापक डा. कृष्ण प्रसाद पौडेल, समाजशास्त्र विभाग प्रमुख उपप्राध्यापक केशवराज सापकोटा तथा अतिथिहरु सहायक क्याम्पस प्रमुख भानुभक्त कँडेल, अतिरिक्त क्रियाकलाप प्रमुख उपप्राध्यापक शरदचन्द्र काफ्ले, डा. अंगद गुप्ता, कमलकृष्ण खनाल, होमनाथ अधिकारी, राम रानाभाट लगायत रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन आकाश गिरी र स्वागत मन्तव्य तेजेन्द्र कुँवरले गर्नुभएको थियो । कार्यक्रमको महत्वमाथि समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज नेपालका अध्यक्ष प्रेम प्रसाद कडेलले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उपस्थित प्रध्यापकहरुलाई अबिर र पुष्प गुच्छाले सम्मान गरिएको थियो । सम्पूर्ण गुरुहरुबाट रातो टिका लगाएर विद्यार्थीहरुलाई शैक्षिक प्रगति एवम् सुसंस्कृत समाज बनाउन आशिर्वाद प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेथन बिसी, याकुब तामाङ्गले सांगितिक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो । साथै मनोज विक्रम विष्टको गुरु पूर्णिमा कविता, प्रेम प्रसाद कडेलले सृंगारिक गजल, अञ्जली भुसालले गजल तथा तेजेन्द्र कुँवरले कविता मार्फत कवि भानुभक्तको सम्झना गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रध्यापक दयाराम पौडेलले गुरुपूर्णिमा ऐतिहासिक महत्व बोकेको सांस्कृतिक विषय हो भन्दै विद्यार्थीको उच्च शिक्षा हासिलको कामना गर्नुभएको थियो । अंग्रेजी विभाग प्रमुख प्रध्यापक डा. कृष्ण प्रसाद पौडेल, समाजशास्त्र विभाग प्रमुख केशवराज सापकोटाले गुरु पूर्णिमा मनाईदै गर्दा विद्यार्थीमा सिर्जनात्मक कार्यमा संलग्न रहेकोमा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केक काटेर एक आपसमा माया साटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>