चितवन विशेष

विभिन्न कार्यक्रम गरेर घरबहाल उपभोक्ता मञ्च चितवनको स्थापना दिवस मनाइयो

Banner

चितवन,असार ३०-

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १२ औं स्थापना दिवस सामाजिक उत्तरदायित्व कार्यक्रम सहित शान्ति दीप प्रज्ज्वलन गरि मनाइएको छ । पहिलो कार्यक्रम अन्तर्गत देवघाट समाज कल्याण केन्द्र देवघाटधाममा आश्रित ज्येष्ठ नागरिकहरुलाई एक छाक खाना र दक्षिणा प्रदान गरिएको थियो ।

मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षता तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार हेमराज पौडेल, निवर्तमान अध्यक्ष हरि शर्मा पौडेल, पूर्वअध्यक्ष एवम् सल्लाहकार प्रभात ढुङ्गाना, पवित्रा जोशी, सल्लाहकारहरु शिवराज गिरी, पाण्डव ढकाल, रामप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष लक्ष्मी कार्की, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेशप्रसाद पौडेल, महासचिव जनकलाल कट्टेल, सचिव रामबन्धु पौडेल, कोषाध्यक्ष बिमला अधिकारी, कार्यसमिति सदस्यहरु ज्योतिप्रसाद कंडेल, रमेश सदाशंकर, गणेश पौडेल, सुरेन्द्र के।सी।, बुद्दिसागर सापकोटा, विक्रम सापकोटा, दीपा शाही तथा सोहि केन्द्रका सदस्य प्रविन कार्की तथा सहयोगी दाताहरु लक्ष्मी त्रिपाठी, निर्मला क्षेत्री र रमेश क्षेत्रीलगायतको उपस्थिति रहेको थियोे ।

पहिलो कार्यक्रम अन्तर्गत शुभकामना मन्तव्य व्यक्त गर्दै मञ्चका सल्लाहकार शिवराज गिरीले संस्थाले स्थापनादेखि हालसम्म गर्दै आएका कार्यक्रमहरुको जानकारी गराउँदै बढ्दै गरेको पारिवारिक व्यस्तता, पालनपोषण, हेरबिचार गर्ने पारिवारिक सदस्य नभएका सहयोगापेक्षी र भएता पनि सिमित कोठाभित्र नै रहनुपर्ने वृद्ध बुवाआमाहरुलाई यस केन्द्रमा रहँदा धेरै सहज र स्याहार सुसारमा सहजीकरण भएकोले यस केन्द्रलाई राज्यबाट अझै बिशेष सहयोग गर्न अनुरोध गरे ।

प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले यस्तै सामाजिक संघ संस्थाहरु र सहयोगी दाताहरूबाट यस आश्रमलाई व्यवस्थापन गर्न धेरै सहयोग भएको र क्षेत्र विकास समिति अन्तर्गतका गर्दै आएका र गर्नुपर्ने कामहरूको बारेमा पनि जानकारी गराए ।

कार्यक्रमका सभाध्यक्ष तथा मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले संस्थाको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम लिएर तेस्रोपटक आएको र बिगत दुई वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभीड संक्रमणका कारण आउन असमर्थ रहेको र आगामी दिनहरूमा निरन्तरता दिइने बताए । अहिलेसम्म सहयोगी संस्थाको रूपमा यस्ता कार्यक्रम लिएर आएको तर छिट्टै प्रक्रिया पुरा गरि आजीवन सदस्यताको रूपमा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरे । साथै गुरु पूर्णिमा बिशेष आजको दिनमा मञ्चका अग्रज ब्याक्तित्वहरुलाई गुरुरुपी सम्मान व्यक्त गर्दै सधैं संस्था र सदस्यहरुको हितका लागि अग्रजहरुको मार्गमा रहिरहने बताए ।

स्थापना दिवस २०७९ को दोस्रो कार्यक्रममा पुलचोक, नारायणगढमा शान्तिदीप प्रज्ज्वलन गरीएको थियोे । दोस्रो कार्यक्रमका प्रमुख अतिथि मञ्चका संस्थापक अध्यक्ष एवं महासङ्घका केन्द्रीय सल्लाहकार संयोजक हेमराज पौडेलले संस्था स्थापना गर्नमा आफू नेतृत्वदायी पात्र रहेको साथै तत्कालीन अवस्थामा योगदान गर्नुहुने सम्पूर्ण सहयात्री र वर्तमानसम्मका कार्यसमितिलगायत आम सदस्यहरुलाई उच्च सम्मान व्यक्त गर्दै संस्थाको लोकप्रियताको शुभकामना व्यक्त गरे । उपाध्यक्ष एवं कार्यक्रम संयोजक गणेशप्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रामबन्धु पौडेलले गरेका थिए भने शुभकामना मन्तव्य मञ्चका सल्लाहकार पाण्डव ढकाल, पूर्व अध्यक्ष एवं सल्लाहकार पवित्रा जोशीलगायतले व्यक्त गरेका थिए ।

यस स्थापना दिवस कार्यक्रममा सहयोग प्रदान गर्नुहुने सहयोगी दाताहरु बिमला अधिकारी, सुरेन्द्र के.सी. निर्मला क्षेत्री र रमेश क्षेत्रीलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियोे ।

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवन २०६८ मा स्थापित भइ घर तथा जग्गा बहालमा दिने घरजग्गा धनी र बहालमा लिने उपभोक्ताबीच परेका समस्याहरुको बारेमा समन्वयकारी संस्थाको भूमिकामा रहि समस्या समाधान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>