चितवन विशेष

भरतपुर १ का जनप्रतिनिधिलाई मिलनरोड टोल विकास संस्थाको सम्मान

Banner

चितवन, असार २९–
मिलन रोड टोल विकास संस्था, भरतपुर–१ ले आज (बुधबार) नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

वडा अध्यक्ष केशव महर्जन, वडा सदस्यहरु राममाया पिया, रमा परियार, मनोज घिमिरे, राजु गुरुङ र वडा सचिव मधुराम दवाडीलाई टोलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । टोलका अध्यक्ष चित्रबहादुर खाँतीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरे । टोलका अध्यक्ष चित्रबहादुर खाँतीले जनप्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरे ।

सो क्रममा बोल्दै वडा अध्यक्ष महर्जनले मिलनरोड टोलले टोलको विकासका लागि नयाँ नयाँ काम गर्दै आइरहेको भन्दै प्रशंसा गरे । आज नै टोलले बजारका पोलहरुमा राखेको आकर्षक एलइडी लाइटको समेत स्वीच थिचेर उद्घाटन समेत गरे । उनले यस लाइटले बजारको शोभा बढाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा टोलका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा टोलका निवर्तमान अध्यक्ष शंकर श्रेष्ठ र सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढका अध्यक्ष बाबुराम रामदामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युवा व्यवसायी रुविन रामुदामु, निलेनमान शाक्य, उत्सव खाँती, विकास बर्मालगायतको उपस्थिति रहेको थियो । यस्तै इन्जिनियर सन्तोष पाण्डेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>