चितवन विशेष

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनद्धारा बार्षिक कार्यक्रमको अनुगमन

Banner

चितवन,असार २९-

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनले चालु आर्थिक बर्षमा गरेका कामहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबीचको सयुक्त अन्तरनिकाय अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले केरा, धान र मौरी जोनमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरेको छ । अधिकारीले सरकारले कृषि यान्त्रीकरणमा गरेका कामको प्रसंशा गर्दै संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले किसानहरुको समस्याको समाधानको लागि आफ्नो सकारात्मक रुपमा समन्वयकारी भूमिका रहने बताउनुभएको छ । त्यस्तै साहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले अनुगमनका क्रममा मौरीका केही उद्योगहरु खाद्यमा दर्ता नभएको भेटिएको बताउनुभयो । तर, कृषि यान्त्रीकरणमा भने चितवनले फड्को मार्दै गएको खुशी व्यक्त गर्नुभएको छ ।

परियोजनाका प्रमुख धनबहादुर थापाले परियोजनाले केरा, मौरी, धान र तरकारीमा वीऊको स्रोत केन्द्रको स्थापनादेखि यान्त्रिकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले धानमा धान गोड्ने मेसिन बाहेक चितवनमा सवै प्रविधि भित्राइएको बताउनुभयो । चितवनमा ६ बर्षदेखि जोनका कार्यक्रम सञ्चालित छन् ।

आज महानगर फलफूल तथा तरकारी बजारमा निर्माण गरिएको राइपनिङ च्याम्वर, रत्ननगर नगरपालिका वडा नं १५ को गुरुङ केरा फर्म, १२ को बी एण्ड बी केरा फर्म, साना किसान कृषि सहकारी संस्था लिमिटेडको बछ्यौली कष्टमहाईरिङ सेन्टर, साना किसान कृषि सहकारी संस्था लिमिटेड कुमरोजको कष्टमहाईरिङ सेन्टर, बीउ स्रोत केन्द्र, महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड कठारको गोदाम घर र धान प्रशोधन गर्ने मिल, खैरहनी १० लामिछाने मल्टि एग्रो फर्म, र खैरहनी–४ को न्यू कन्चन मौरी फर्मको अवलोकन गरिएको थियो । अनुगमनका क्रममा किसानहरुले मल, कृषि प्राविधिकको आवश्यक रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>