चितवन विशेष

चितवनका सांसद कृष्णभक्त पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि

Banner

भरतपुर,असार २९-

चितवनका प्रतिनिधिसभा सदस्य एवं अधिवक्ता कृष्णभक्त पोखरेलले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको छ । चितवन जिल्ला अदालत बार एशोसिएसनको पूर्वअध्यक्षसमेत रहनुभएको पोखरेलले विसं २०५० सालदेखि वकालत सुरु गर्नुभएको थियो ।

सांसद पोखरेलको अधिवक्ता प्रमाणपत्र नम्बर ४२३९ रहेको छ । उहाँ २०६४ सालमा चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले झण्डै पाँच हजारको हाराहारीमा मुद्दाको बहस गर्नुभएको छ ।

सांसद पोखरेलले सयौँको संख्यामा निःशुल्क कानुनी सहायतासमेत उपलब्ध गराउनुभएको छ । सांसद निर्वाचित भइसकेपछि संविधानको मस्यौदाकार र मुलुकी अपराध संहिता मस्यौदाकार समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । पोखरेलले चितवनको तत्कालीन भरतपुर नगरपालिका, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, मेडिकल कलेज, तत्कालीन जिल्ला विकास समिति, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, भृकुटी कागज कारखानालगायतका संघसंस्थामा कानुनी सल्लाहकारका रुपमा काम गरिसक्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>