Breaking News

संसदमा अघि बढ्यो नागरिकता विधेयक, तीन वटा विरोधको सूचना बहुमतले अस्वीकृत

Banner

काठमाडौं, २९ असार-

प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न अनुमति मागेका थिए । तर, तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेका थिए ।नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

विरोधको सूचना दर्ता गर्नुपर्नाका कारण दिँदै एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरे ।एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत भएको बताए ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखे । तीनै जना सांसदले विरोधको सूचना फिर्ता लिएनन् । तीनवटै विरोधको सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरिदियो । यो संगै सरकारलाई प्रतिनिधिसभामा नागरिकता विशेयध पेश गर्ने बाटो खुलेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>