चितवन विशेष

सकियो ‘नेपो मसंग जब फेयर’, रोजगारी चाहनेको उत्साहजनक सहभागिता (फोटो फिचर)

Banner

चितवन, असार २८–

चितवनमा निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको ‘नेपो मसंग जब फेयर–२०२२’ (रोजगार मेला) उत्साहजनक सहभागितासंगै सकिएको छ ।

भरतपुरस्थित सिजी फर्न रिसोर्ट सिजी ल्याण्डमार्क आज (सोमबार) भएको एक दिने ‘नेपो मसंग जब फेयर–२०२२’ मा एक हजार भन्दा बढीको सहभागिता रहेको आयोजक मसंग जबका प्रमुख पवन थापाले जानकारी दिए ।

यस मेलामा चितवनका विद्यार्थी तथा उचित कामको खोजीमा रहेका सम्पूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो । सहभागिहरुले प्रत्यक्ष रुपमा आफूले काम गर्न चाहने संस्थाका प्रतिनिधिहरुसंग अन्तरवार्ता दिएका थिए । यस रोजगार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरु नेपो फिनिसिङ इण्डष्ट्रीज, सिजी हस्पिटालिटी, क्लासिक टेक नेटवर्क, मनकामना ग्रुप, माई स्पेस, दि कार्पेन्टर, रोयल पेन्ट्स, सुबिसु, रिजाल फूड, सेन्ट्रल कलेज जस्ता चितवनलगायत देशभरका १८ भन्दा बढी कम्पनीहरुको प्रत्यक्ष सहभागि रहेको थियो ।

मेला नेपो फिनिसिङ इण्डष्ट्रीजको प्रायोजनमा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>