Breaking News
संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छः ओली
०

काठमाडौं, असार २७-
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन्। सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार हतार भएको बताए।
‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’
फरक प्रसंगमा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























