Breaking News

८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात हो, निर्णयबाट सरकार फिर्ता होस्ः नवराज सिलवाल

Banner

चितवन,असार २७-

नेकपा एमालेका नेता तथा पूर्वडिआइजी नवराज सिलवालले राष्ट्रको अवस्था तहसनहस भइरहेको बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात भएको बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘विचौलियाको चंगुलमा परेर हतियार खरिदको प्रक्रिया अघि बढाएको हो। प्रहरीलाई अनुसन्धान र पूर्वाधारमा योग्य बनाइनु आवश्यक छ। अहिले हतियार आवश्यक छैन। प्रहरीका उच्च अधिकारी नै खरिद प्रक्रियाबारे जानकारसमेत छैनन्। हिजो पनि सुडानमा विचौलियाको योजना अनुसार अघि बढ्दा प्रहरीका उच्च अधिकारी फसेका हुन्। राष्ट्रको अवस्था तहसनहस भइरहेको बेला हतियार खरिदको औचित्य छैन। ८४ करोड रुपैयाँको हतियार खरिद गरिनु राष्ट्रघात हो। निर्णयबाट सरकार फिर्ता होस्’ । किन्न खोजिएको हतियारको मूल्य एक तिहाइ पनि नपर्ने सिलवालको भनाइ छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>