Breaking News

नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

Banner

चितवन, असार २७–

चितवनको नारायणगढमा आज (सोमबार) विहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

विहान १ः३० बजेको समयमा भरतपुर–१ पोखरा बसपार्क नजिकै पुलचोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक क्रस गर्ने क्रममा ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरको पछाडी सवार चितवनको इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको उपचारको क्रममा विहान २ः०५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक नवलपुरको गैंडाकोट–४ का २१ वर्षीय मनिस लामा गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>