चितवन विशेष

विहानै रत्ननगरको बेल्सीपुलमा एक पुरुष झुन्डिएको अवस्थामा फेला

Banner

चितवन,असार २७

चितवनको रत्ननगरमा आज (सोमबार) विहान एक पुरुष मृत फेला परेका छन् । बिहान ६ः१५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नं ३ बेल्सीपुलमा नामथर वतन नखुलेको अन्दाजी ५० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

बेल्सीपुलको पिल्लरमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले लास जाँच मुचुल्का गर्नेलगायतको अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>