Breaking News

बञ्चरेडाँडा जाने सडक विग्रेकै कारण तरल पदार्थ हालेर प्लाष्टिकले छोपिदै टेकुमा थुप्रिएको फोहोर

Banner

काठमाडौँ, असार २६-

टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु (जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपिएको । झरीले बञ्चरेडाँडा जाने सडक विग्रेकौ कारण काठमाडौं महानगरपालिकाले टेकुमा थुप्रिएको फोहोरमा तरल पदार्थ हालेर प्लाष्टिकले छोपेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टेकुमा माघदेखिको फोहोर जम्मा भएका छन् र हाल १५० भन्दा धेरै गाडी जान सकेको छैन । जस्को कारण तरल पदार्थ हालेर प्लाष्टिकले छोपनु पर्ने माहानगरको बाध्यता भएको उनको भनाइ छ ।

हाल ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्न तथा फोहोर ट्रान्सफर गर्ने प्रयोग गरिने उनले जानकारी दिए । त्यस्तै उनको भनाइ अनुसार बाँकी क्षेत्रमा भने हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>