चितवन विशेष

डिष्ट्रिक्ट ३२५ आरका लायन्स क्लवका अध्यक्षहरुलाई प्रशिक्षण

Banner

चितवन, असार २६–

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजनामा भरतपुर महानगरपालिक–२९ दासढुङ्गामा डिष्ट्रिक्ट गभर्नर (प्रेसिडेन्ट मीट, प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) सम्पन्न भएको छ ।

डिष्ट्रिक्टमा आबद्ध रहेका क्लबहरुका अध्यक्षहरुको कार्यकुसलता अभिबृद्धि गर्ने उदेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका इन्टरनेशनल डाईरेक्टर ईन्डोर्सी पूर्व डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथी रहनु भएको थियो । अध्यक्षहरुले आफ्नो कार्यकाल सफल गर्न गर्नुपर्ने प्रशासनिक कार्य, वार्षिक कार्ययोजना, डिष्ट्रिक्ट गभर्नरका लक्षित कार्यक्रम तथा सफल अध्यक्ष र क्लब बनाउनका लागि गर्ने पर्ने सामाजिक र मानविय कार्यहरुलाई दिनु पर्ने स्तरिकरण र प्राथमिकताका बिषयहरुमा पुर्व डिष्ट्रिक्ट गभर्नर राज कुमार श्रेष्ठ र पुर्व डिष्ट्रिक्ट गभर्नर डिके ढुंगानाले प्रशिक्षण दिनुभएको थियो । सोही कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशीले विगत ३० वर्ष यता नेपालको लायन्स यात्रा र लायन्स गतिबिधीमा भए गरेका मुख्य कार्य र अनुभव बयान गर्नुभएको थियो ।

यस्तै डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेश कुमार श्रेष्ठले पनि सचिव र कोषाध्यक्षसँग अध्यक्षले समन्यवय गरी डिष्ट्रिक्टमा गर्नु पर्ने रिपोर्टिङ सम्बन्धीका कार्यका बारेमा प्रकाश पार्नु भएको थियो । डिष्ट्रिक्ट गभर्नर(प्रेसिडेन्ट मीट (प्रेसिडेन्ट स्कुलिङ प्रोग्राम) को अध्यक्षता लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्दार्थ लाल चुकेले गर्नु भएको थियो ।

कार्यक्रममा कुल ११८ क्लबका अध्यक्षहरु सहभागीता रहेको कुरा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बालगोपाल चुकेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>