Breaking News

चितवनमा ट्रकबाट कपडा डकैती गर्ने बुटवलका फरार व्यक्ति पक्राउ

Banner

चितवन, असार २५–

चितवनमा दुई वटा ट्रकबाट डकैती गरेर कपडा लुटेर फरार भएका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.१७ मोतीपुर बस्ने वर्ष २८ का सजिव ढुङगेल रहेका छन् । उनलाई आज दिउँसो चितवनको खैरहनी नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत वैशाख १४ गते वीरगञ्जबाट पोखरा हिडेको लत्ताकपडासहित धनमाल लोड गरि आएको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बको ट्रकहरुलाई विहान करिव ८ः४० बजेको समयमा मुख्य राजमार्गबाट करिव २ किलोमिटर भित्र राप्ती नगरपालिका–१, नयाँबस्ती स्थित जंगलछेउमा पु¥याईएको थियो । त्यहाँ ट्रकबाट डाँका गरि लत्ताकपडालगायतका सामान दुई वटा योद्धा गाडीमा राखेर रत्ननगर नगरपालिका–१४, स्थित लौरीघोलमा लगेर लुकाएर राखिएको थियो ।

सोही घटनाका फरार प्रतिवादी रहेका ढुंगेललाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको हो । ढुङगेल संलग्न रहेको उक्त डाँका मुद्दा यसअघि चितवन जिल्ला अदालतमा दायर भई सकेको अवस्था छ । ढुङगेलको नाउँमा अदालतबाट वारेन्ट, म्याद जारी भएकोले उनलाई असार २७ गते सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २ वटा ट्रकमा ४७ लाख ५१ हजार ३५४ रुपैयाँ बराबरको लत्ताकपडा र अन्य सरसामानहरु रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>