Breaking News

चितवनबाट रवि लामिछानेको स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍यो विधान र चिनारी पुस्तिका

Banner

चितवन, असार २५–

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले विधान र चिनारी पुस्तिका सार्वजनिक गरेको छ ।

आज (शनिबार) चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै पार्टीले विधान, चिनारी पुस्तिकासंगै पार्टीको झण्डासमेत सार्वजनिक गरेको हो । पार्टी सभापति लामिछानेले ५६ पृष्ठको विधान, २० पृष्ठको चिनारी पुस्तिका सार्वजनिक गरेका हुन् । साथै आमसर्वसाधरणलाई बुझ्न सहज होस् भन्दै एक पृष्ठको ‘यत्ति काम चाहिँ गर्छौ’ शीर्षकको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । लामिछानेले विधानमा उल्लेख भए बमोजिम पार्टीको झण्डा समेत गरे ।

पार्टीको चुनाव चिन्ह गोलाकार भित्र घण्टी रहेको छ भने पार्टी झण्डा निलो रंगको चारपाटे आकारभित्र घण्टी रहेको छ । सभापति लामिछानेले भातृसंगठन रहित पार्टीको विधान निर्माण गरिएको बताए । उनले पार्टीले सामूहिक रुपमा निर्णय गर्ने भन्दै देशकै सबै ठाउँमा पार्टीले आगामि आमनिर्वाचनमा उम्मेद्वार उठाउने बताउने । आफू चितवनबाट चुनाव लड्ने इच्छुक रहेपछि पार्टीको निर्णयको आधारमा मात्रै अघि बढ्ने स्पष्ट पारे ।

यस्तै पार्टीले पहिलोपटक जिल्ला भेलाको रुपमा चितवनमा आज वृहत भेला समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>