Breaking News

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा चितवनका आचार्यको उम्मेद्वारी घोषणा

Banner

चितवन, असार २५–

नेपाल प्रेस यूनियनको अध्यक्षमा चितवनका दीपक आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।

आज (शनिबार) गृहजिल्ला चितवनमा प्रेस यूनियनले आचार्यलाई केन्द्रीय अध्यक्षको उम्मेद्वार घोषणा गरेको हो । एक औपचारिक समारोहमा जिल्ला अध्यक्ष अनिल ढकालले केन्द्रीय अध्यक्षमा वरिष्ठ पत्रकार आचार्यलाई उम्मेद्वार घोषणा गरेका थिए । चितवन शाखाले यसअघि नै केन्द्रीय अध्यक्षमा आचार्यलाई अघि सार्ने घोषणा गर्दै विभिन्न जिल्ला शाखाको भ्रमण समेत गरेको थियो ।

नवौं महाधिवेशन नजिकिएसंगै आज औपचारिक रुपमा आचार्यलाई उम्मेद्वार घोषणा गरेको हो । जिल्ला अध्यक्ष ढकाल र युनियनका केन्द्रीय सदस्य वसन्त पराुजलीले आचार्यलाई फूलमाला र ढाका टोपी पहराएर शुभकामना दिएका थिए । सो क्रममा बोल्दै अध्यक्षका उम्मेद्वार आचार्यले समस्याबाट गुज्रिदै गरिरहेको मिडियाको उत्थान र पत्रकारहरुको संरक्षणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले स्वरोजगार मुलक मिडिया र न्यू मिडियाहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बेला आएको भन्दै त्यसलाई शक्तिशाली बनाउन जरुरी रहेको बताए ।

पत्रकार आचार्य वि.सं २०५३ सालदेखि चितवनमा रही सक्रिय पत्रकारिता गर्दै आएका छन् । पत्रकारिताको माध्यमद्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको र व्यवसायिक पत्रकारिताको विकासमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनले वि.सं. २०५५/५६ मा आचार्यलाई (उत्कृष्ट पत्रकारिता पुरस्कार)ले सम्मान गरेको थियो । यस्तै पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आवाजबिहीनहरुको आवाजलार्ई मुखरित गर्न सफल भएको र नेपाली नागरिक तथा ग्रामीण क्षेत्रको उत्थानमा सहयोग पु¥याको भन्दै नेपाल प्रेस युनियन चितवनले वि.सं २०६० सालमा ‘नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंसा पत्र–२०६० बाट सम्मान गरेको थियो ।

त्यस्तै सामाजिक र जातीय भेदभावविरुद्ध कलम चलाएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रशंसा पत्र सहित सम्मान गरेको थियो । पत्रकार आचार्यको पत्रकारिता क्षेत्रको क्रियाशीलता र योगदानको उच्च कदर गर्दै नारायणी टुडे राष्ट्रिय मासिकले थाइल्याण्डमा सम्पन्न आफ्नो १७ ओं वार्षिकोत्सबमा (उत्कृष्ट पत्रकार २०७३ ) ले सम्मान गरेको थियो ।

पत्रकार आचार्यलाई राष्ट्रियता, लोकतन्त्र, समाजबाद र प्रेस स्वतन्त्रताप्रति समर्पित रही २ दशक बढी समयदेखि पत्रकारिताको मध्यमबाट नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल प्रेस युनियन कपिलबस्तुले उत्कृष्ट पत्रकार सम्मान २०७५ ले सम्मान गरेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ चितवनले पत्रकार आचार्यलाई जिल्लामा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एबम् व्यवसायिक पत्रकारिताको विकासमा योगदान पु¥याएको भन्दै ‘मैयादेबी पत्रकारिता पुरस्कार २०७५’ले पुरस्कृत गरेको छ ।

पत्रकार आचार्य चितवनबाट प्रकाशित भएको नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादक हुँदै हाल प्रत्यक्ष रुपमा युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् भने अन्य विभिन्न संचार माध्यममा पनि आवद्ध छन् । यसअघि आचार्यले कान्तिपुर पब्लिकेशनको साप्ताहिक, नेपाल, कामना पब्लिकेशनको समाचारपत्र दैनिक, कामना मासिकका साथै स्पेस टाईम दैनिक, चानल नेपाल, हिमालय टाइम्स दैनिक, नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका थुप्रै पत्रपत्रिकाहरुमा काम गरेको अनुभब बटुली सकेका छन् ।

कार्यक्रममा बोल्दै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले दीपक आचार्य सिंगो जिल्लाको प्रतिनिधित्व गरेको भन्दै उनको उम्मेद्वारी जिल्लाका पत्रकारहरुको गौरवको विषय रहेको बताए ।

यस्तै युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीले आचार्यलाई जिताउन सबैको सहयोग आवश्यक रहेको भन्दै आचार्यलाई मत दिन आह्वान समेत गरे । उनले आचार्यको जितपछि मात्रै प्रेस युनियन चितवनको अभियानले पूर्णता पाउने भन्दै जितका लागि आचार्यलाई शुभकामना दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका नेता इश्वर जोशी, प्रेस चौतारी नेपालका बागमती प्रदेशका इन्चार्ज शालिग्राम नेपाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवाली, महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य, महासंघका सल्लाहकारद्धय हरिप्रसाद पोखरेल, तिलक रिमाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>