चितवन विशेष

मगर पत्रकार संघ चितवनको अध्यक्षमा आशिक रानामगर

Banner

चितवन,असार २५-

चितवनमा सञ्चारकर्ममा लागेका मगरहरु पहिलोपटक संगठित भएका छन् । केही दिनअघि सम्मिलित भेलाबाट बनेको तदर्थ समितिले शुक्रबार नारायणगढमा पहिलो अधिवेशन गरेर चितवनमा पनि नेपाल मगर पत्रकार संघलाई औपचारिक रुप दिएको छ । आशिक रानामगरको नेतृत्वमा पहिलो जिल्ला कार्यसमिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष खिलबहादुर रानामगर (ईश्वर)ले जानकारी दिए ।

सात सदस्यीय कार्यसमितिको उपाध्यक्षमा आशिका थापामगर, सचिवमा मुन लम्तरी मगर र कोषाध्यक्षमा देउकुमार थापामगरलाई चयन गरिएको छ । कार्यसमिति सदस्यहरुमा भने तिलक थापामगर, पुनम थापामगर र किरन थापामगरलाई चयन गरिएको छ ।

यसअघि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा पहिलो सत्र भएको थियो । ढिलै भए पनि सञ्चार क्षेत्रमा क्रियाशील मगरहरु संगठिन हुनु सकारात्मक विषय भएको भन्दै अध्यक्ष मगरले खुसी व्यक्त गरे । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरूङले आदिवासी जनजाति समुदायमा पनि संगठित हुनुपर्छ भन्ने भावना जागेर आउनु नै सकारात्मक भएको बताए ।

कार्यक्रममा नेपाल मगर संघ चितवनका उपाध्यक्ष भीमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, थारु पत्रकार संघका केन्द्रीय उप–महासचिव विजय चौधरी, तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ, नेवा पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>