देश/प्रदेश
दिनप्रति दिन बढ्दै कोरोना संक्रमित, आज थपिए ९८ नयाँ संक्रमित
०
काठमाडौं, असार २४-
पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो ।
बितेको चौबिस घण्टामा १ हजार ९३ जनाको एन्टीजेन र १ हजार ६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।
मन्त्रालयले हाल देशमा कोरोना भाइरसका ५ सय ६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>