Breaking News

सरकारको व्यवस्थापकीय कमजोरी: कोरोना विरुद्धको १० लाख भन्दा बढी खोप खेर जाने

Banner

काठमाडौँ, असार २४-

नेपालका म्याद गुज्रिएको कारण १० लाख भन्दा बढी खोप खेर जाने भएको छ । जुन खोपको अवधि अब करिब १५ दिन मात्रै हरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार सरकारको व्यवस्थापकीय कमजोरीका कारण साउनको पहिलो सातामा १० लाख ७९ मात्रा खोपको म्याद सकिने अवस्थामा रहेको हो ।

साउनको पहिलो हप्तासम्म ती खोप प्रयोग गरिसक्न दैनिक ७१ हजार २६६ जनाले खोप लगाउनुपर्छ । जबकि अहिले कोभिसिल्ड खोप लगाउनेको दैनिक संख्या दुईदेखि तीन हजारसम्म मात्र छ । खोप लगाउने दर घटिरहेकाले अब यो खोप खपत हुनेमा महाशाखाका अधिकारीहरु विश्वस्त छैनन् ।

सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्य १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>