Breaking News

भरतपुरको विकासका लागि अबको ५ वर्ष रफ्तारमा काम गर्छुः मेयर रेनु दाहाल

Banner

चितवन,असार २४-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ ।भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उहाँले भन्नुभयो,‘म केही गर्छु भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।’

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै काम गरेको छैन, दिगो विकासको लक्ष्य अनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेका छौ–मेयर दाहालले भन्नुभयो । राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले ३ कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाई गरेको मेयर दाहालको भनाई थियो । देवघाटको एक भवनमा भाडामा बालिकाहरुलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणधिन अवस्थमा छन् । भवन निर्माणमा वागमती प्रदेश सरकार र दाताहरुले सहयोग गरेका छन् । भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने भरतपुुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतिवद्धता व्यक्त पनि गर्नुभयो । सो कार्यक्रममा मेयर दाहालले देवघाट क्षेत्रलाई आर्कषक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगरपालिका अगाडि बढेको बताउनुभयो । भरतपुर मेडिकल, पर्यटकीय, शिक्षा, पूर्वाधार क्षेत्रमा धेरै फड्को मारेकाले अब भने धार्मिक क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको उल्लेख गर्नभयो ।

देवघाट क्षेत्र भरतपुर महानगरपालिको गहना भएकाले अब आर्कषक तरिकाबाट यसको विकास गर्नु पर्ने उहाँको धारणा थियो । यो क्षेत्र आफै प्रकृतिक रुपमा सुन्दर छ, अझै सुन्दर बनाउनेतर्फ हामीले योजना तथा कार्यक्रम ल्याएका छौ–उहाँले भन्नुभयो । देवघाट आवत जावत गर्न वृद्धावृद्धलाई निःशूल्क विद्यातिय बस सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिना, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, आश्रमका सञ्चालनक, सावित्री टण्डन, रामेश्वर खनाल लगायतले बोल्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>