चितवन विशेष

आईटी पढ्न चाहाने विद्यार्थीहरुका लागि भोलि चितवनमा हुदैछ बिशेष कार्यक्रम

Banner

चितवन,असार २४-

चितवनको भरतपुर महानगरपालिका ४ लंकुमा रहेको ग्लोरियस एकेडेमी र धुनी सफ्टवेयर अमेरिकाकोसंयुक्त आयोजनामा भोलि (शनिवार) भर्चुअल अन्तरक्रिया हुने भएको छ । हालसालै एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएका हो । अनुसन्धानात्मक शिक्षामा आईटीको महत्व विषयक अन्तरक्रिया विहान ११ बजेदेखि १२ बजेसम्म संचालन हुनेछ । नेपालमै पहिलो पटक धुनी सफ्टवेयर अमेरिकासंगको सहकार्यमा ग्लोरियस एकेडेमीले म्यानेजमेन्टसहितको आइटी बिषय अध्यापन गराउने तयारी गरेको ग्लोरियस एकेडेमीकी प्राचार्य शारदा ढकालले जानकारी दिनुभयो । उहाँले विश्वमा आइटीको महत्व र ग्लोरियस किन अध्ययन गर्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी गराइने बताउनुभयो । उहाँले आइटी अध्ययनरत विद्यार्थीले नेपालमै बसेर विदेशका काम गर्न सकिने जानकारी दिनुभयो ।

ग्लोरियस एकेडेमीले धुनी सफ्टवेयर अमेरिकासंग सहकार्य गरेको छ । धुनी सफ्टवेयर अमेरिकाको कार्यालय नेपालमा पनि दर्ता गरेर काठमाडौंमा संचालन गरिएको छ । कार्यक्रमको प्रमुख बक्ता धुनी सफ्टवेयर अमेरिकाका प्रमुख कार्यकारी अधिकृत इशान सुवेदी रहनुभएको छ । प्लस टु संयोजक सुजल मास्के कार्यक्रमको सहजकर्ताको रुपमा रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>