Breaking News

भरतपुरदेखि काठमाडौंको हवाई भाडा झण्डै पाँच हजार पुग्यो

Banner

चितवन,असार २२-

भरतपुरदेखि काठमाडौंको हवाई भाडा झण्डै पाँच हजार पुगेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै भरतपुरदेखि काठमाडौंको हवाई भाडा पनि वृद्धि भएको हो । पछिल्लो समय भरतपुरबाट काठमाडौंको भाडामा ५५ रुपैंया बृद्धि भएको छ । नयाँ भाडादर अनुसार अव भरतपुरदेखि काठमाडौं पुग्न ४ हजार ९९० रुपैंया तिनुपर्नेछ ।

यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>