चितवन विशेष

चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने

Banner

चितवन,असार २२-

चितवनमा असार मसान्तभन्दा ७ दिन अगावै आर्थिक कारोवार बन्द हुने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले आज (बुधबार) एक सूचना जारी गर्दै चालु आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक कारोबार ७ दिन अगावै बन्द हुने जानकारी दिएको हो । असार ३ गते लेखा समूहको बैठक र असार ५ गते कार्यालय प्रमुखहरुको बैठकमा समेत ७ दिन अगावै आर्थिक कारोवार बन्द गर्नुपर्ने बिषयमा जानकारी गराइएको कार्यालयले जनाएको छ ।

यस्तो छ सूचनाः

चालु आ.व.२०७८/०७९ समाप्तिको घडी नजिकिँदै गरेको कुरा सर्वविदितै छ । असार ३ गतेको लेखा समूहको बैठक र असार ५ गतेको कार्यालय प्रमुखहरुको बेैठकमा समेत ७ दिन अगावै आर्थिक कारोबा बन्द गर्नुपर्ने विषयमा जानकारी गराइसकिएको छ । साथै हालै मलेनिकाद्वारा सञ्चालन भैरहेको जुम मिटिङ्मा पनि ७ दिन अगावै TSA, CGAS, SuTRA लगायतका प्रणालीहरु Lock गर्ने भनिएकोले असार २४ गतेभित्र आएका भुक्तानी आदेशहरु उपर कारबाही हुने तर ढिलो गरी आएका भुक्तानी आदेशहरु प्रणालीको समस्याका कारण दर्ता हुन नसकेमा कोलेनिका जिम्मेवार नहुने र तोकिएको समयसिमा भन्दा पछि आउने भुक्तानी आदेशहरु उपर कुनै कारबाहि नहुने समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद
कोलेनिका चितवन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>