चितवन विशेष

भरतपुरको महानगर फलफूल तथा तरकारी बजारमा केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

Banner

चितवन,असार २१-

भरतपुरको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन ८५ प्रतिशत अनुदान र बजार विकास प्रवर्द्धन समितिको १५ प्रतिशत लगानीमा राइपनिङ च्याम्बरको निर्माण गरिएको हो।

पाँच वटा राईपनिङ च्याम्बर निर्माण गर्न साढे ४५ लाख रुपैयाँ लागेको परियोजनाले जानकारी दिएको छ। यसमा परियोजनाको मात्रै ४० लाख रुपैयाँ परेको छ, भने बजार विकाश प्रवर्द्धन समितिको साढे ५ लाख रुपैयाँ हाराहारीमा लगानी छ। च्याम्बर निर्माणका लागि परियोजनाले तीन वर्ष अघिदेखि नै बजेट विनियोजन गर्दै आएको थियो। तर, स्थापना हुन सकेको थिएन।

यस वर्ष बजार विकास प्रवर्द्धन समितिको सहयोगमा क्षेत्रपुरमा स्थापना गरिएको हो। आधुनिक प्रविधिबाट केरा पकाएर स्वस्थकर वस्तु उपभोक्ता माझ पुर्‍याउने उद्देश्यले च्याम्बरको निर्माण गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए। किसानको उत्पादित केराको क्षति न्यूनिकरण गर्ने समेत उनले बताए।

यसअघि चितवनका किसानले क्यालसियम कार्बोड हालेर केरा पकाउने गरेका थिए। यसमा केमिकल हुने भएकाले क्यान्सर समेत हुने खतरा थियो। तर, चिस्यान प्रविधिबाट पकाउँदा केरा स्वस्थकर हुने महानगर बजार विकास प्रवर्द्धन समितिका प्रबन्धक थीरप्रसाद धिताल बताउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>