चितवन विशेष

चितवनका व्यवसायीहरुलाई वास्तुशास्त्रसम्बन्धी प्रशिक्षण

Banner

चितवन, असार २१-

चितवनमा वास्तु कार्यशाला सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा आज कार्यशाला सम्पन्न भएको हो ।

सोमबार व्यवसायमा आर्थिक प्रगतिको लागि वैज्ञानिक वास्तुको भूमिका विषयक छलफलमा वास्तु विशेषज्ञ लक्ष्मीप्रसाद सोतीले वास्तु शास्त्रको बारेमा प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रशिक्षक सोतीले वास्तु के हो, यो किन आवश्यक पर्छ, यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा जानकारी गराएका थिए । उनले विशेषगरी घर, अफिस, उद्योगलगायतका क्षेत्रमा आर्थिक एवम् सम्पूर्ण किसिमका लाभको लागि अपनाउनुपर्ने वास्तुशास्त्रका नियमको बारेमा जानकारी गराएका थिए ।

वास्तुशास्त्र कुनै धर्मसँग सम्बन्धित नभएको बताउँदै सोतीले वास्तुलाई विज्ञानले पनि प्रमाणित गरेको बताए । वास्तु एक प्रकारको उर्जा भएको बताउँदै उनले वास्तु मिलाएर मात्रै सफल हुन सकिने दाबी गरे । विशेष गरी उनले नयाँ घर निर्माण गर्दा अपनाउनु पर्ने वास्तुको नियमको बारेमा व्याख्या गरेका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष चिरञ्जीवी सुवेदी, शिरिस पन्त, होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बराल, कमल शर्मा गौतमलगायत उवासंघ चितवन र होटल व्यवसायी संघ चितवनका पदाधकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेको कार्यक्रममा होटल व्यवासयी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>