Breaking News

सरकारबाट तीन मन्त्रीलाई जसपाले बोलायो फिर्ता, कस्ले पायो निरन्तरता ?

Banner

काठमाडौँ, असार २०-

जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिदै जसपाले सरकारबाट कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका हुन् । केही दिनअघि यादव पक्षले बैठक बसेर पुराना मन्त्रीलाई बोलाउने निर्णय गरेपछि सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>