मकवानपुर
मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाइते
०

हेटौँडा,असार १९-
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी १६ वर्षीया सलिना राई रहेकी छन् । दुर्घटनामा ६ जना गम्भीर घाइते भएको उनीहरूलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























