Breaking News

नेपालको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

Banner

काठमाडौं,असार १९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन्। काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन्।

‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन्। सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन्। यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ। व्यापार घाटा १५ उर्ब ७ अर्ब पगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ। पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ। महंगी आकासिँदो छ, जसकारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ। हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ। कोभिङ–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन्,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>