देश/प्रदेश

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३३३

Banner

काठमाडौँ, असार १९-

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । आइबार नेपालमा नयाँ कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको छ । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>