Breaking News

बेरोजगार हुनुहुन्छ ? चितवनमा असार २२ र २३ गते लाग्दैछ रोजगार मेला !

Banner

चितवन,असार १९-

चितवनमा असार २२ र २३ गते वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । नेपाल सरकार तथा स्वीस सरकारको द्धिपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रोको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा मेला आयोजना गरेका हुन् ।

सीप भएर पनि बेरोजगार भएका, रोजगारी प्राप्त गर्न कुनै सीप सिक्ने अवसरको खोजीमा रहेका, विद्यालयको पढाई सकिने अवधिसम्ममा पनि आफ्नो वृत्ति छनोट गर्न अलमलिएका युवा विद्यार्थीलाई लक्षित गरेर रोजगार मेलाको आयोजना गरिएको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले मेलामा विभिन्न संघसंस्था, कम्पनी तथा उद्योगहरुमा आवश्यक रोजगारीको बारेमा जानकारी दिइने नारायणी अनलाइनलाई बताउनुभयो ।

‘मेला बिशेषतः रोजगारीको खोजी गरिरहेका र कामदारको खोजी गरिरहेका विच भेट गराउने स्थल हो, उहाँले भन्नुभयो ।’ ‘मेलामा रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिहरुलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइनेछ,उहाँले भन्नुभयो’,चितवनसंगै देश विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसर बारे जानकारी प्रदान गरिनेछ ।’

मेलामा विद्यार्थी तथा बेरोजगार युवालाई श्रम बजारको माग र आवश्यकताका आधारमा बृत्ति परामर्श सेवा समेत प्रदान गरिने पौडेलले जानकारी दिनुभयो । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरको जानकारी प्राप्त हुने उहाँले बताउनुभयो । मेलामा विभिन्न सरकारी निकाय, उद्योग व्यवसाय र संघसंस्थाका करिब ६० वटा स्टल रहनेछन् । मेला चितवन उद्योग संघको प्रर्दशनी कक्षमा विहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ । बृहत रुपमा रोजगार मेला पहिलो पटक यहाँ हुन लागेको हो । यसअघि चितवनको रत्ननगर नगरपालिकाले रोजगार मेला आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>