Breaking News

भरतपुरका बालगृहहरुमाथि महानगरको अनुगमन, अधिकांश मापदण्ड विपरित सञ्चालनमा

Banner

चितवन, असार १९-

भरतपुर महानगरपालिकाभित्र सञ्चालिन अधिकांश बालगृहहरु मपदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीसहित प्रतिनिधि मण्डलले आज भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका गर्दा अधिकांश मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक परमेश्वर खनाल, २३ का अध्यक्ष दिपक दवाडी, महानगर उपसचिव सुकदेव लम्साल, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरीलगायतको सहभागिता रहेको थियो । प्रतिनिधिमण्डलले भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमी, २३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेन निको होममा गरिएको अनुगमनका क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान, भौतिक संरचनालगायतका विषयहरुमा सुधार गर्ने निर्देशन गरिएको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमीमा अहिले १३ जना बालबालिकाहरु रहेका छन । उनीहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोरखा जिल्लाबाट आएका हुन । यस्तै भरतपुर २३ मा रहेको आशा अनाथालय नेपालमा १४८ जना बच्चाहरु आश्रित छन् । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सञ्चालनमा आएको हो ।

अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नु पर्ने देखिएको महानगर उपसचिव सुकदेब लम्सालले जानकारी दिए । उनले भने, ‘यो एक पटकलाई सुधार गर्ने मौका दिएका छौं, आइन्दा फेरि यस्तो घटना दोहो¥याए कारबाही हुन्छ ।’

त्यस्तै भरतपुर २३ मै रहेको टिनाज मेमोरल गार्डेर्न निको होम भने मापदण्ड विपरीत सञ्चालनमा आएको भेटिएको छ । १४ जना बालिका र ६ जना बालक गरी जम्मा २० जना बालबालिलाई सरक्षण दिएको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आएको पाइएको अनुगमनमा खटिएको टोलीले जनाएको छ । ‘हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस् भनेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भने । अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने उनले बताए ।
बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परीक्षण लगायतका थुप्रै मापदण्डहरु पूरा हुनुपर्ने प्रावधान रहेको छ । अनुगमनको क्रममा खानाको ब्यवस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यवस्थापन राम्रोसँग नगरिएको, बालगृहमा रहेका अन्य सामग्रीहरु गुणस्तरीय नभएको, सरसफाइमा विशेष ध्यान नपुृर्‍याएको पाइएको हुनाले सुध्रिने मौका दिएको महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।

नेपालमा बाल संरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाको भनाइ छ । शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावकसहितका देखिन्छन् । ‘अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सञ्चालनमा आएको पाइएकोले सुधार गरेर सञ्चालनमा ल्याउन भनेका छौं’ उप प्रमुख अधिकारीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>