Breaking News
केएमसी स्कुलको गर्ल्स होस्टेलमा रायमाझी मृत अवस्थामा फेला, आक्रोशित समूहले तोडफोड गर्दा डिजिटल बोर्डमा क्षति
०

काठमाडौँ, असार १९-
स्कुलभित्रै कर्मचारीको मृत्यु भएपछि काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव ग्रस्त भएको छ । कर्मचारीको मृत्युको विषयलाई लिएर आक्रोशित समूहले स्कुल तोडफोड गरेको हो ।
प्रहरीका अनुसार काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गरेपछि उनीहरुले शव उठाएको छैन् ।
त्यस्तै रायमाझीको मृत्युको कारणले उनीहरुले तोडफोड गर्दा स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । उक्त स्कुल भित्र भएको झड्प नियन्त्रण गर्न उल्लेख्या संख्यामा प्रहरी खटाइएको थियो ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























