Breaking News
नेपाली विद्यार्थीको आकर्षक गन्तव्य अस्ट्रेलिया, पछिल्लो समय भिसामा कडाइ

काठमाडौँ, असार १९-
पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाले प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतको मात्र सफल भएको हो ।
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । तर हालभने भिसामा कडाइ गराएको छ ।
त्यस्तै नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत हुँदा चिन्तित भएका छन् । हाल नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको उनको भनाइ छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम पनि बढेको उनले जानकारी दिए।


























