चितवन विशेष

प्रध्यापकमाथि दुव्यवहारको विरोध गर्दै सप्तगण्डकी क्याम्पस प्रमुखको कुर्सी जलाइयो

Banner

चितवन,असार १९-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् । प्राध्यापकलाई आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगो लगाएका छन् । कार्यकक्षबाट बाहिर ल्याई कुर्सीमा आगजनी गर्नुका साथै उनीहरुले क्याम्पस प्रमुख मणिराज महतोको राजीनामा समेत माग गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का संयोजक प्रकाश देवकोटाले दोषिलाई कडा कारबाहीको माग गरेका छन् । उनिहरुले युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका प्राध्यापकमाथि हातपात एवं दुव्यवहार गरेको आरोप लगाउँदै आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>