चितवन विशेष

घरमा चोरी हुन्छ भनेर संगै लिएर हिडेको १५ तोला सुन हराएपछि..

Banner

चितवन,असार १८-

चितवनको भरतपुर १० रमाइलो चोकस्थित एक महिलाको १५ तोला सुन हराएको छ । हिजो (शुक्रबार) साँझ आफ्नो घरबाट माइत भरतपुर–२० शारदानगर जाने क्रममा स्थानीय शान्ता गुरुङले कपडाको झोलामा राखेको करिब १५ तोला सुन हराएको हो । घरमा कोही नभएका कारण चोरी हुने डरले उनले आफुसंग भएको सुन कपडाको झोलामा पोको पारेर संगै लैजान भनेर झिकेकी थिइन् । घरबाट अटो चढेर माइत गएकी उनले त्यहाँ पुगेपछि मात्र सुन भएको झोला हराएको थाहा पाएकी थिइन् ।

उनले आफ्नो १५ तोला सुन हराएको भन्दै चितवन प्रहरीमा निवेदन दिएकी छन् । यदी कसैले सुन फेला पारेको भए ९८४५०७३७७७ नम्वरमा खवर गरिदिनुहुन शान्ताकी सोल्टिना गायत्री श्रेष्ठले अनुरोध गरेकी छन् । उनले सुन भेटाएर दिनेलाई पुरस्कार समेत दिने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>