चितवन विशेष

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नरलाई नारायणगढ सचिवालयमा स्वागत

Banner

चितवन, असार १८-

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर सहितको टिमलाई सचिवालयमा स्वागत गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको नारायणगढस्थित सचिवालयमा नवनिर्वाचित टिमलाई शनिबार स्वागत गरिएको हो ।

लायन वर्ष २०२२–२३ का लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरमा निर्वाचित डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, प्रथम महिला रचना चुके र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम र डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठलाई सचिवालयमा स्वागत गरिएको हो ।

सचिवालयमा औपचारिक कार्यक्रमको आयोजना गरी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का पूर्वडिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी, पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ, निवर्तमान डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डित, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मालगायतले नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बालगोपाल चुकेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>