Breaking News

चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको चार बाघलाई जंगलमा छाड्यो, स्याटलाइटबाट निगरानी गर्दै

Banner

प्रतिमा कुमाल

चितवन, असार १८-

मान्छे मारेका कारण नियन्त्रणमा लिइएका नरभक्षी बाघहरुको ’आनीबानी सुध्रिएको’ भन्दै चितवन राष्ट्रिय निकुञ्जले यस वर्ष पुनः जंगलमै छाडेको छ ।

निकुञ्जले यो वर्ष छ वटा बाघ नियन्त्रणमा लिएकोमा यस आर्थिक वर्षमा चार वटा बाघ छोडेको हो । निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए अनुसार चार वटा बाघ छाडिए पनि अझै तीन वटा बाघ खोरमा नै रहेको बताए । उनले भने, ‘ बाँकी रहेका तीन बाघ नरभक्षी भएकोले छाडिएको छैन ।’ उनले छाडिएको बाघहरुको घाँटीमा स्याटलाइट कलर जोडेर छाडिएको बताए । उनले यो कलर जोडेपछि बाघ कहाँनेर छ भन्ने जानकारी हुने जानकारी दिए । घारमा बाँकी रहेका तीनवटा मध्ये एउटा बाघ बाँकेबाट ल्याएको हो भने दुईवट चितवन आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानीव्यवहार अध्ययन गरी मात्र छाडिएको आचार्यले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ नरभक्षी बाघ चाही हैन तर उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर छाडिएको हो । उनीहरुको क्रियाकलापलाई अवलोकन गर्न स्याटलाइट कलर घाँटीमा जडान गरिएको सूचना अधिकारी तिवारीले बताए ।निकुञ्जसँग हालसम्म चार बटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ जना बढी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>