Breaking News
चितवनमा बाघको आक्रमणमा परी घाइते भएकी गुरुङलाई काठमाडौँको ट्रमा सेन्टर रिफर
०

चितवन, असार १८-
चितवनमा बाघको आक्रमणबाट गम्भीर घाइते भएकी महिलालाई काठमाडौँ रिफर गरिएको छ । आज बिहान बाघको आक्रमणबाट गम्भीर घाइते भएकी महिलालाई थप उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेजबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा रिफर गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं १३ की ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको थियो । उनलाई बिहान करिब ८ बजेको समयमा कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























