Breaking News
नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन: एमाले अध्यक्ष ओली
०

काठमाडौं, असार १८
नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो बिसाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए ।
उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाब दिए । उनले परम्परागत खेति किसानबाट भन्दा औषधिय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नु पर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























