Breaking News

भारी वर्षाका कारण मेलम्चीमा बाढीको चेतावनी, हिजो साँझ भन्दा १.५ मिटरले बढ्यो जलसतह

Banner

काठमाडौँ, असार १८-

सिन्धुपाल्चोकको मेलम्ची नदी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको हो । भारी वर्षाका कारण नदीमा बाढी आउन सक्ने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ। त्यस्तै मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>