Breaking News

चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक महिला घाइते

Banner

चितवन, असार १८–

चितवनमा बाघको आक्रमणबाट फेरि एक जना घाइते भएका छन् ।

आज (शनिबार) विहान ८ बजेको समयमा खैरहनी नगरपालिका–१३, स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँसकाट्न जाने क्रममा स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङ घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट गम्भिर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको छ । चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामै १० जनाको मृत्यु भएको छ भने असारमा मात्रै ३ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>