चितवन विशेष

चितवनमा १७ गैँडा मारेपछि पक्राउ, जेलबाट छुटेर थप चार शिकार

Banner

चितवन,असार १७-

२१ गैँडा मारेको आरोप लागेका बमबहादुर प्रजा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई बिहीबार राती पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको बताए । प्रजामाथि पछिल्लो पटक चार वटा गैँडा मारेको आरोप लागेको छ ।

२०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै गैँडाको खाग झिकिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनमा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैँडाको शिकार बमबहादुर प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको थियो । १७ वटा गैँडा मारेपछि बमबहादुर २०६० सालमा पक्राउ परेका थिए । त्यति बेला उनले १७ वटा गैँडा मारेको स्वीकारेका थिए । जेलपछि छुटेपछि उनी पुन गैँडा शिकार र खाग तस्करीमा संलग्न भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>