Breaking News
कांग्रेस र माओवादी केन्द्रले बागमतीका मुख्यमन्त्री फेर्न संकलन गरे हस्ताक्षर
०

मकवानपुर, असार १६-
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने हस्ताक्षर संकलन सुरु गरेका छन् ।
सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन आजबाट सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको हो ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























