Breaking News

माओवादी केन्द्र चितवनको निश्कर्षः स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भयो

Banner

चितवन, असार १५–

नेकपा (माओवादी केन्द्र) चितवनले गत स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको निश्कर्ष निकालेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति कार्यालयको विस्तारित बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

जिल्ला संयोजक रामचन्द्र अधिकारीले विस्तारित बैठकमा स्थानीय निर्वाचनको विषयमा वृहत छलफल भएको भन्दै पाँच दलीय गठबन्धन सफल भएको निश्कर्ष निकालिएको बताए । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्–‘प्रतिगमन विरोधी पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा जिल्लाका सात वटै पालिका र जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा गठबन्धनको मुल मर्म, भावना र राजनीतिक उद्देश्य अनुसार सफल रहेको र चुनावी दौरानमा भएका कमीकमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्ने निश्कर्षमा पुगिएको छ ।’

यस्तै बैठकले संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको भूमिका प्रभावकारी बनाउन संगठनलाई व्यापक जनताको बीचमा पुर्‍याउने गरि अभियानत्मक निर्वाचन क्षेत्र केन्द्रीत योजना तय गरेको छ । विस्तारित बैठकले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत जिल्लाका सात वटै पालिकाका नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेको छ भने निर्वाचनमा सक्रिय सहभागिता जनाएका सम्पूर्ण मतदाता, सक्रिय भूमिका निभाउने नेता तथा संचारकर्मीहरुलाई समेत धन्यावाद दिएको छ ।

पार्टी कार्यालय कृष्णपुरमा मंगलबार बसेको बैठकले पार्टीका जिल्ला सल्लाहकार होमनाथ रेग्मी, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य कृष्णप्रसाद दवाडी र माडी नगर सदस्य रामप्रसाद तिवारीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । यस्तै बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य, चितवन जिल्ला इन्चार्ज तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला सह–इन्चार्ज यमबहादुर परियार, प्रदेश सचिवालय सदस्य तथा खैरहनी नगर इन्चार्ज लक्ष्मी ढकालको स्वास्थ्य लाभको कामना गरेको छ । भरतपुरकी मेयर दाहाल गत जेठमा काठमाडौँमा दुर्घटनामा परि घाइते भएकी थिइन् भने परियार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । ढकालको भने भरतपुरमा शल्यक्रिया गरिएको थियो ।

बैठकमा सात वटै पालिका र निर्वाचन क्षेत्रका इन्चार्ज÷अध्यक्ष÷बागमती प्रदेश सदस्यहरुले स्थानीय निर्वाचन र संगठनको समिक्षात्मक रिपोर्ट पेश गरेका थिए भने उठेका विषयहरुमा जिल्ला इन्चार्ज रेनु दाहाललगायत नेताहरुले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>