Breaking News

चितवनमा मोटरसाइकल चोरी र खरिद गर्ने ६ जना पक्राउ, चार वटा मोटरसाइकल र एउटा स्कुटर बरामद

Banner

चितवन, असार १५–

चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी गर्ने गिरोह लुकीछुपी बसीरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको विशेष टोलीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो ।

प्रहरीको विशेष टोलीले भरतपुर–१६ घर भई हाल भरतपुर–११ बस्ने वर्ष २२ का संकल्प पनेरु र बागलुङको जैमिनी नगरपालिका–८ घर भई हाल भरतपुर–११ बस्ने वर्ष २४ का जीवन पौडेललाई पक्राउ गर्न सफल भएको थियो । उनीहरुलाई भरतपुर–९, स्थित डेरामा चोरेर राखेको ना ५६ प ७६४६ नम्बर लगाईएको बुलेट मोटरसाईकल, ग २२ प ६६९३ नम्बर भएकोलाई नम्बर परिवर्तन गरि बा.प्र.०३ ००१ प ८९५ को नम्बर प्लेट लगाईएको अवस्थाको क्रसफायर मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्दा अन्य ४ जनालाई समेत पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दुई जनाले यही असार १२ गते पुरानो मेडिकल कलेज अगाडिबाट क्रसफायर मोटरसाइकलबाट चोरी गरेका थिए । उक्त चोरी गरेको मोटरसाइकल उनीहरुले माडी नगरपालिका–९ बस्ने वर्ष ३१ का विजय दुरालाई ६० हजार रुपैयाँमा विक्री गर्न लाग्दा प्रहरीले दुराई समेतलाई नगद ३६ हजार रुपैयाँसहित नियन्त्रणमा लिन सफल भएको हो । उनीहरुले यही असार ९ गते भरतपुर अस्पतालबाट चोरी गरेको प्रदेश ३–०४ प ४७१८ नम्बरको बुलेट मोटरसाइकललाई प्रदेश ३–०३–००१ प २८८८ नम्बर प्लेट परिवर्तन गरि भरतपुर–२४ का २५ वर्षीय जनमराज पुरी र मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई हाल भरतपुर–२४ बस्ने वर्ष २१ का सुशील पुरीलाई विक्री गरेका थिए । प्रहरीले मोटरसाइकल खरिद गर्ने सुशील र जनमराजलाई समेत पक्राउ गर्न सफल भएको छ ।

यस्तै प्रहरीले गत जेठ ३ गते भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट चोरी भएको प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रदेश २–०११–००२ प ६०२५ नम्बर राखेर स्कुटरको रंग नै परिवर्तन गरिएको अवस्थामा नियन्त्रणमा लिईएको छ । बाराको पर्सौनी गाउँपालिका–१ घर भई हाल भरतपुर–२ बस्ने २७ वर्षीय राजेश पासवानलाई उक्त स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो ।

यस्तै प्रहरीले हिजो (मंगलबार) राति ८ः३० बजेको समयमा भरतपुर–५, स्थित मोटरसाइकल चोरी गरि ल्याएको अवस्थामा प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । चोरी गरि ल्याईएको प्रदेश २–०३–००१ प ४०५६ नम्बरको मोटरसाईकलसहित आएका व्यक्तिले प्रहरीलाई देख्ने वित्तिकै बाटोमै मोटरसाइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>